“एमसीसीको विपक्षमा मतदान गरेमा प्रचण्डको पार्टीका मन्त्रीलाई बर्खास्त गर्छु।” :प्रधानमन्त्री देउवा

फाल्गुन १२, २०७८

बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका छन् । तर, यसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । सरकारमा रहेर सरकारकै प्रस्तावको विपक्षमा मतदान गर्न नमिल्ने भन्दै उनले एमसीसीको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।


‘तपाईँहरू एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारमा बसिरहन मिल्दैन,’ प्रचण्डलाई प्रधानमन्त्री देउवाले भने, ‘यदि एमसीसीको विपक्षमा मतदान गरेर सरकार बसे म तपाईँको पार्टीका मन्त्रीलाई बर्खास्त गर्छु ।’


एमसीसी माथि छलफल गर्ने गरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि काँग्रेस र एमालेका शीर्ष नेताबिच भेटवार्ता भएको हो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP