झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

फाल्गुन १२, २०७८

झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ९ कार्की डाँडा बस्ने ७८ बर्सिया शिवमाया दाहाल रहेकी छन् । बुधवार बेलुका ८ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको प्र. १ ०१ ०१२ प ५९९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिएर घाइते बनाएको हो । घाइते दाहालको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती मृत्यु भएको प्रहरीले जानकारी दिएको । 


चालक झापा बुद्ध शान्ति गाउँपालिका १ भोटेटारका २१ वर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP