“पल शाहले म माथि लगाएको आरोप सरासर झुटो हो, छिट्टै पत्रकार सम्मेलन गरी प्रमाण देखाउने छु।” :दुर्गेश थापा

फाल्गुन १२, २०७८

गायक दुर्गेश थापाले अभिनेता पल शाहले आफूमाथि झुटो आरोप लगाएको बताएका छन् । अभिनेता पलले आफूलाई फसाउने दुर्गेश थापालगायत ४ जनाको षड्यन्त्र रहेको कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।


‘गल्ती उहाँहरूले गर्ने दोष हामीलाई दिन त भएन नि । गल्ती उहाँहरू गर्ने अनि सबैलाई झोस्दिएर हुन्छ त,’ उनले भने, ‘पहिला हामीलाई जोगाउनुहोस् भन्दै रुँदै आउने अहिले झम्टिएर हुन्छ?’ उनले गायिका समीक्षा अधिकारीले सहयोग माग्दै आएपछि सहजीकरण मात्रै गरेको बताएका छन् ‘पलले समीक्षाको फोन उठाउन र म्यासेज हेर्न छोडेपछि समीक्षा मेरोमा रुँदै आयो होइन । एउटी चेली रुँदै आएर पललाई खोज्दिनु पर्‍यो भनेपछि मैले सहयोग मात्रै गरेको हो,’ उनले भने,‘गल्ती गरेपछि न बाउ न आमा कानुनभन्दा माथि कोही छैन, साथी भन्ने आफ्नो ठाउँमा भयो।’


दुर्गेशले आफूहरूसँग भएका सबै प्रमाण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने साहलाई चेतावनी दिएका छन् । अभिनेता पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा गायिका समीक्षा अधिकारीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै बुधवार उजुरी दिएकी हुन् । पल साहलाई नबालीका माथि जबरजस्ती करणीको उजुरी लागेको हो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP