बानेश्वरमा प्रहरी र प्रदर्शनकारी बिच झडप, अश्रुग्याँस प्रहार

फाल्गुन १२, २०७८

बानेश्वरमा एमसीसी सम्झौताको विरोध गर्न पुगेका सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ सङ्गठन लगायत अन्य दलका कार्यकर्तामाथि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको छ । अहिले बानेश्वरमा प्रहरी र प्रदर्शनकारी बिच ढुङ्गा हानाहान भइरहेको छ । प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याँस प्रहार गरी सकेको छ । 


माओवादी केन्द्रलगायत राप्रपा नेपाल तथा अन्य दलका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीले लगाएको ब्यारिकेड तोड्न खोजेपछि प्रहरीले भीडलाई हटाउनका लागि अश्रुग्याँस र पानीको फोहरा प्रहार गरेको हो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP