रुसको आक्रमणपछि युक्रेनको राजधानी किभ छाड्नेको सङ्ख्या बढेको छ । राजधानीबाट हजारौँ मानिसहरू निस्कन थालेका छन् । निजी गाडीमा उनीहरू इमर्जेन्सी साइरन बजाउँदै बाहिरिन थालेका बिबिसी खबरमा उल्लेख गरिएको छ ।
रुसले आक्रमण थालेसँगै डराएका उनीहरू भाग्न थालेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनको राजधानी लगायत ठाउँ ठाउँमा विस्फोट हुन थालेको छ । युक्रेनले रुसले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको बिबिसी समाचारले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP