आफूमाथि षड्यन्त्र रचिएको भन्दै पल साहले दुर्गेश थापा सहित चार जनालाई लगाए आरोप 

फाल्गुन १२, २०७८

आफूमाथि षड्यन्त्र रचिएको भन्दै पल साहले दुर्गेश थापा सहित चार जनालाई आरोप लगाएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दे पल साहले भनेका हुन् ।

“म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जादैछु । सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केही दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।  उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्योू , हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्योू  साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।

र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम साथी दुर्गेश थापा, ठुल्दाई सरोज ओलि, भाई कृष्ण जोशी र सम्राट चौलागाइ रहेको छन् ।” भनेर पोस्टमा लेखिएको छ ।

https://www.facebook.com/100044271614200/posts/497864438365939/?app=fbl

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP