दाङको पर्सेनी बजारको एक पसलमा आगलागी हुँदा करिब १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीमा सुमित्रा वलीको रिमा किराना पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पसल रहेको घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका हुन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP