आज(बिहीबार) सुनको मूल्य नेपाली बजारमा आकासियो छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकेको छ । एकै दिन सुनको मूल्य तोलामा २५ सयले वृद्धि भएको हो । यसअघि बुधवार तोलाको ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला १३५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । बुधवार प्रतितोला १३२० मा कारोबार भएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP