रुसले युक्रेन माथि गर्‍यो हमला, युक्रेनको राजधानी किभ नजिक ६ ओटा विस्फोट

फाल्गुन १२, २०७८

युक्रेनको राजधानी किभ नजिक पाँचदेखि ६ ओटा विस्फोटका आवाज सुनिएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आआफ्ना घर जान अनुरोध गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठुलो युद्धको सुरुवात हुन सक्ने बताएका छन् । वार्ताबाट समस्या समाधान गर्न आफूले गरेको आग्रहलाई राष्ट्रपति पुटिनले बेवास्ता गरेको जेलेन्स्किीले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP