रकम हिनामिनाको आरोपमा सप्तकोसी डेभलपमेन्ट बैङ्कका सिइओ सहित १२ जना विरुद्ध मुद्दा दर्ता

फाल्गुन १२, २०७८

सप्तकोसी डेभलपमेन्ट बैङ्कमा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना गरेको आरोपमा बैङ्कका सिइओ नवीन सुवेदी सहित १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको छ । ‘बैङ्किङ कसुर’ मुद्दामा सुवेदीसहित ९ जना बैङ्कका कर्मचारी र तीन जना खातावालालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको हो । बैङ्कको अपचलन भएको १५ करोड ७५ लाख र ५ सय ७५ रुपैयाँ र सोही बराबरको जरिवाना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा दर्ता गराएको उनले बताए । १२ जना मध्ये ७ जना फरार छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP