अखिल क्रान्तिकारी सुनसरीले गर्याे एमसीसीबारे सडक जनमत संग्रह पक्षमा ३ प्रतिशत

दिप खबर
फाल्गुन ११, २०७८

नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले देशै भरि एमसीसीको पक्ष विपक्षमा जनमत संग्रह गरेको छ । सोही अनुसार सुनसरीको इटहरीमा गरिएको मत सर्वेक्षणमा कुल मतको ९७ प्रतिशत मत विपक्षमा पाइएको छ । कुल मत ५५० मत मध्ये एमसीसी पास गर्न नहुनेमा ५३० मत खसेको थियो । त्यस्तै पास हुनु पर्छमा १३ मत खसेको र बाकी ७ मत बदर भएको थियो ।

पक्ष विपक्षमा आफ्नो मत राख्ने नेकपा एमाले, नेपाली कांग्रेस तथा विभिन्न पार्टीका नेता, कार्यकर्ता साथै सडकमा हिड्ने सर्वसाधरणले मत दिएका थिए ।

अखिल क्रान्तिकारीले आफ्नो संगठन मार्फत गरेको यस सृजनात्मक आन्दोलनको चौतर्फी तारिफ भएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP