झापाको मेचीनगर नगरपालिका–७ मा मङ्गलवार बेलुकी मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको उपचारका क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मगरलाई मङ्गलवार बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो । चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाले नियन्त्रणमा लिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP