नेपाली काँग्रेसको भोलि(बिहीबार) बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । काँग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालका अनुसार अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल सुरु हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको हो ।
‘यति महत्त्वपूर्ण विषयमा हुने छलफल र मतदानमा सबै जना सहभागी हुनुपर्छ। त्यसैले अनिवार्य उपस्थित हुन भनिएको हो,’ भुसालले भनिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १६ गतेभित्रै एमसिसी पारित गर्ने गरी कुराकानी गरिरहेका छन् । संसद् बैठक भोलि(बिहीबार) दिउँसो १ बजे बस्दैछ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP