सिन्धुपाल्चोकमा आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा बलेफी गाउँपालिका-१ ठाटिकुना वनकाली बस्ने ३२ वर्षीय जीवन तामाङ रहेका छन् । २८ बर्सिया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा जीवन पक्राउ परेका हुन् ।
दाउरा चिर्ने विषयमा विवादका कारण जीवनले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले जीवनलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP