सरकारले नेपाली काँग्रेसका तीन जना नेताहरूको काँग्रेस महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा.प्रकाश शरण महतको सुरक्षा बढाइएको छ । उनीहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा बोल्दै आएकाले जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो ।
एमसीसी संसद् टेबल भइसकेको छ तर पनि एमसीसी विरुद्ध सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ताहरू निरन्तर आन्दोलनमा उत्रिएका छन् ।
थापा, कार्की र महत एमसीसीको पक्षमा बोल्दै आएका र यस्तो अवस्थामा प्रदर्शनकारीबाट आक्रमण हुन सक्ने सम्भावना रहेकाले गर्दा उनीहरूको सुरक्षा बढाइएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP