बुधवार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । मङ्गलवार तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज(बुधवार) ९६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँ पुगेको छ । मङ्गलवार प्रतितोला १३ सय १५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP