धनकुटाका डिएसपी सुरज कार्की बने ‘पुलिस अफ दी मन्थ’

फाल्गुन ११, २०७८

धनकुटा/ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्की माघ महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषणा भएका छन् । 


विभागीय नीति अनुरूप निर्देशन पालन गरी लगनशील, कर्तव्यनिष्ठ भई आफ्नो कर्तव्य पुरा गरेको र अपराधको अनुसन्धानमा विशेष योगदान पुर्‍याएकाले उनलाई ‘पुलिस अफ दी मन्थ’ घोषणा गरिएको एसपी नकुल पोख्रेलले बताएका छन् । 


धनकुटा नगरपालिका-४ मा श्रीमतीको हत्या पछि भान्सा कोठामा गाडेर फरार रहेका श्रीमान् लाई पक्राउ गरेका, धनकुटा-९ छिम्सुवास्थित गोठमा वालीकाकरणी गरी भारत फरार भएको दोषीलाई पक्राउ गर्ने आदी जस्ता महत्त्वपूर्ण कार्य डिएसपी कार्कीले गरेका प्रहरीको ठहर रहेको छ । 


जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रत्येक महिना १ प्रहरीलाई ‘पुलिस अफ दी मन्थ’ घोषणा गर्ने गरेको बताएको हो ।  

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP