सुनसरीमा १४ बर्सिया किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

फाल्गुन ११, २०७८

सुनसरीमा १४ बर्सिया किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बर्जू गाउँपालिका ४ का २४ वर्षीय अर्जुन गुरुङलाई बलात्कारको आरोपमा प्रहरीले गत सोमबार पक्राउ गरेको हो । सोमबार राति करिब ८ बजेतिर मदिरा सेवन गरेका गुरुङले किशोरी एक्लै भएको मौका छोपी बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले घटनाको बारेमा जानकारी पाउनासाथ राती नै आरोपितलाई नियन्त्रणमा लिन सफल भएको थियो ।


पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ । किशोरीलाई जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परीक्षण गराइएको छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्कीले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP