मोरङको सुन्दरहरैंचामा प्रतिबन्धित औषधी बिक्री गरेकोमा आरोपमा पसल सञ्चालक पक्राउ

फाल्गुन ११, २०७८

मोरङको सुन्दरहरैंचा-१० मा रहेको नेती फार्मेसीले प्रतिबन्धित औषधी बिक्री गरेको पाइएकाले प्रहरीले औषधी पसल सिल गरी सञ्चालकलाई नियन्त्रणमा लिएको छ । फर्मबाट डाक्टरको पुर्जा बिना प्रतिबन्धित औषधिहरू बिक्री गरेको आरोपमा प्रहरीले पसल सञ्चालक तथा प्रयोग कर्तालाई नियन्त्रणमा लिएको हो । 


प्रहरीका अनुसार न्युरिन ७५ नामक औषधी १८ हजार ९ सय २३ चक्की बरामद भएको छ । अपाबासिन ७५ नामक औषधी १४ हजार ६ सय चक्की, स्पासपेन ४४ हजार ३ सय ७० चक्की, एन्टीकोफ नामक औषधी १७ हजार ६ सय २० चक्की र पीआरएफ जेड ७५ नामक औषधी १ हजार २ सय चक्की बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको औषधीको बजार मूल्य करिब ४८ लाख ३५ हजार ६ सय ५० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


औषधी व्यवस्था विभाग विराटनगर, इलाका प्रहरी कार्यालय बेलबारी र विराटचोकको टोलीले छापा हानी औषधी पसलका सञ्चालक सुशील काफ्लेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुर्व्यसनीमा लागेका ७ जना युवालाई विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको र उनीहरूको बयानको आधारमा पसलमा छापा हानिएको उल्लेख गरिएको छ । नियन्त्रणमा लिइएकाहरू माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP