चर्चित लोकगायक जयनन्द लामाको निधन

फाल्गुन ११, २०७८

चर्चित लोकगायक जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ धार्पाका स्थायी बसोवास गर्ने कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको हो । पाँच दशकअघि गायन यात्रा सुरु गरेका लामा ख्यातिप्राप्त लोकगायक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।


आज(बुधवार) बिहान मध्यपुरथिमी नगरपालिका वडा-१ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका प्रहरीले बताएको छ । बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुईँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए । घटना शङ्कास्पद रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP