यि हुन् आफ्नै श्रीमान् हत्या गर्ने ३० वर्षीय महिला र उनका प्रेमी

दिप खबर
फाल्गुन १०, २०७८

आफ्नै श्रीमानको निर्मम हत्या गर्ने महिला र उनका प्रेमीलाई सुनसरी प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले मङ्गलवार पत्रकार सम्मेलन गर्दै हत्या गरिएका झापा घर भएका दिनेश सिग्देलकी कान्छी श्रीमती ३० बर्षीया अनिता केसी र उनका प्रेमी विराटनगरका ४ इक्राही घर भएका २९ वर्षीय सरोज भण्डारी पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले योजनावद्धरुपमा अनिता र प्रेमी सरोजले दिनेशको हत्या गरेको पुष्टि गरेको हो ।

सिग्देलले करिब १० बर्सअघि अनितासँग दोस्रो विवाह गरेका थिए । अनिताको माइती घर सुनसरीको वराहक्षेत्र १० प्रकाशपुर हो । दिनेश र उनको ७ बर्षीया एक छोरी छन् । उनका प्रेमी सरोज भण्डारी सिटी सफारी चालक हुन् र विवाहित पनि हुन् । तर, उनको पनि श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र सम्बन्ध विच्छेदको क्रममा रहेको प्रहरीले जनाएको छ ।

घटना के हो ?
मृतक सिग्देल दश महिना अघि बहराइन कमाउन गएका थिए । घरको आर्थिक स्तर सुधार्न गएका दिनेशले बहराइनमा हुदैं आफ्नो श्रीमती परपुरुषसँग लागेको थाहा पाएका थिए । हत्या गर्ने अनिताको सम्बन्ध सरोजसँग बढेको भन्ने थाह पाएपछि बहराइनमा रहेका दिनेशले थाहै नदिई नेपाल आएका थिए ।

उनी कम्पनीमा १५ दिनको बिदा लिएर जनवरी ४ अर्थात् गत पुस २० गते नेपाल आएका थिए । भोलिपल्ट २१ गते विराटनगरमा कान्छी श्रीमती अनितासँगै नोबेल मेडिकल कलेज नजिक होटलमा बसेका थिए । भोलिपल्ट २२ गते बेलुकी उनीहरूको डेरा रहेको विराटनगर ३, पिपल चोक आएका थिए ।

पुस २२ गते राती दिनेश र अनिताबिच विवाद भएको थियो । केही समय पछि अनिताका प्रेमी सरोज भण्डारी पनि आएर उनैले ल्याएको गलबन्दीले घाँटीमा कसेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या गरेपछि अनिता र सरोज अन्यन्त्र गएर बसेका र २३ गते बिहानै पसलबाट चार हजारमा ग्रेण्डर, ३ वटा जेब्रा झोला र पोलिथिन खरिद गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संञ्जयसिहं थापाका अनुसार खरिद गरेर ल्याएका सामान सहित खुकुरीको सहयोगले लास काटेर अलग अलग झोलामा हालेका थिए ।

साँझमा ट्याम्पो भाडामा लिएर धरान भेडेटार सडक खण्डमा फालेको र उनीहरू त्यस रात भेडेटार बसेर भोलिपल्ट मात्र विराटनगर फर्किएको पनि एसपी थापाले बताए । एसपी थापाका अनुसार अनिता र सरोजको सम्बन्धमा काँडा बनेर अचानक निदेश बहराइनबाट आएपछि योजनाबद्धरुपमा हत्या गरेको बताए ।
प्रहरीका अनुसार ६ महिना देखि सरोज र अनिता श्रीमान् श्रीमती सरह बस्दै आएका थिए । दिनेशले विदेशबाट पठाएको रकम खर्च भएको नदेखाउने तथा प्रेमीलाई दिने गरेको समेत खुलेको छ ।

बहराइनको मास्क र आइडी कार्डले पत्ता लगायो हत्यारा

गत फागुन ४ गते धरानको जगंलमा स्थानीयले लास जस्तो गनाएको थाहा पाए । उनीहरूले हल्ला गरेपछि प्रहरीले खोजीलाई तीव्र पार्यो । इलाका प्रहरी धरान, जिल्ला प्रहरी र सङ्घीय इकाई प्रहरी धरानले मृतक दिनेशको तस्बिर नै सार्वजनिक गर्यो । त्यति हुँदा पनि कुनै कतैबाट मेरो मान्छे भनेर नआएपछि स्केज समेत सार्वजनिक गरेको थियो ।

प्रहरीले खोजी गर्दै जाँदा मृतकको हाफ पाइन्टको गोजीमा असेट प्रोटेक्सन, ट्याटवएर पेट्रोलियम बि एच मास्क फेला पर्यो । त्यस्तै रिओ टुर्स कमल तलेब एक्स्लुसिभ रिओ टुर्स लेखिएको भिजिटिङ कार्ड समेत फेला पार्यो । प्रहरीले उक्त कम्पनी सम्म पुग्नका लागि काठमाडौँ प्रहरीलाई समेत सहयोग माग्यो । तिनै दुई कम्पनीको नाम बहराइनमा भएको पत्ता लाग्यो । प्रहरीले नेपाल आउने र जानेको तथ्याङ्क खोजी गर्दै झापा घर भएका दिनेश सिग्देल भएको पत्ता लगाएको थियो । सोही आधारमा प्रहरीले आफन्त खोजी गर्दै आफ्नै श्रीमती र परपुरुष हत्यारा भएको पत्ता लगाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP