नेकपा एमाले इटहरी उपमहानगर ४ मा टोल कमिटी गठनले तीव्रता पाएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै टोलसम्मनै सङ्गठन विस्तार कार्य अगाडी बढाएको वडा अध्यक्ष सुनिल कार्कीले जानकारी दिए । मंगलबार इटहरी ४ को आइतबारेमा कमिटी गठन गरेका उनले माओवादीका उमेद्धवारलाई एमालेमा प्रवेश गराएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट दलित महिला सदस्यको उम्मेदवार रहेकी कमला परियार एमाले प्रवेश गरेकी हुन् ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रममा बिच टोल कमिटी र अखिल नेपाल महिला सङ्घको कमिटी गठन गरिएको अध्यक्ष कार्कीले बताए । वडामा एमाले स्वाभाविक रूपमा बलियो भए पनि जनताको घरमै पार्टी पुर्याउने उद्देश्यले टोल कमिटी गठन गरिएको उनको भनाई छ । आसन्न निर्वाचनमा एमालेलाई पुनः विजयी गराउने गरी तयारी थालिएको कार्कीले प्रष्ट पारे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा उपमेयर लक्ष्मी गौतम, पार्टी प्रदेश सदस्य तथा प्रदेश सांसद सर्वध्वज सावाँ, नगर अध्यक्ष याम कुमार सुब्बा लगायतको उपस्थिति थियो ।
कार्कीले काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीका साथै माओवादी केन्द्रबाट र एकीकृत समाजवादी जानेहरू, बाटो बिराएको भन्दै एमालेमै फर्कन लागेको भन्दै केही दिनमै बृहत् पार्टी प्रवेश कार्यक्रम राखेर उनीहरूलाई पार्टी प्रवेश गराइने बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP