इलाममा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, चार जना घाइते

फाल्गुन १०, २०७८

इलाम घुम्न गएका आन्तरिक पर्यटकहरूको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–७ का ३५ वर्षीय प्रदीप कुसवाह हुन् । गम्भीर घाइते ४० वर्षीय धुरुप कुसुवाहको बी.एण्ड.सी अस्पताल बिर्तामोडमा र अन्य सामान्य घाइते चार जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।


दुर्घटना गए राति ९ बजेतिर इलाम नगरपालिका–१० को मेची राजमार्गमा भएको हो । ४४ जना सवार बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरू बारा जिल्लाबाट इलाम घुम्न गएका हुन् ।


ना ४ ख ६२४८ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिएपछि मृतक कुसवाह झ्यालबाट हाम फालेका थिए । तर हाम फालेका कुसवाहलाई बसले च्याप्दा घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP