नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला हिजो(सोमबार)को तुलनामा आज ८ सय रुपैयाँले महँगिएको हो । मङ्गलवारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार र तेजाबी सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार मङ्गलवार चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १३१५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार १३०० रुपैयाँ थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP