देशका अन्य ६ प्रदेशहरूको नामकरण सम्पन्न भइसकेको छ तर पनि अझै प्रदेश १ को नाम नामकरण हुन सकेको छैन । नामकरणका बारेमा छिनोफानो गराउन प्रदेशसभाको १५ फागुन आइतबार बैठक बस्दै छ । सो बैठकले प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको बैठकमा पाँच दलीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेता सहभागी हुनेछन् ।
नामंकनका विषयमा गठबन्धनभित्र कांग्रेसबाहेकको दलमा पहिचानसहितको नाम राख्नेमा एक मत छ । अर्थात्, किराँत, लिम्बुवानजस्ता नाममा गठबन्धनभित्र कांग्रेसबाहेकका दल एकमत छ । तर, एमाले यी नाममा सहमत नभएको देखीन्छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP