काठमाडौंको बलम्बुमा एक बालक मृत फेला

फाल्गुन १०, २०७८

काठमाडौंको बलम्बुमा एक बालक स्थानीय खोलामा मृत भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । मङ्गलवार बिहान साढे ८ बजेतिर बालकको शव फेला परेको हो । मृतक उदयपुर घर भई चन्द्रागिरी–१२ बस्ने दीपकुमार राउतका १४ वर्षीय छोरा अनिष राउतको भएको खुलेको छ । शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको र शवमा कुनै प्रकारको चोटपटक भने नदेखिएको प्रहरीले बताएको छ । घटनास्थलमा शिक्षण अस्पतालका फरेन्सिक विज्ञ र प्रहरीको टोली पुगेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP