धरानमा जेब्रा भित्र भेटिएको शवको सनाखत, हत्या आरोपी पक्राउ

फाल्गुन १०, २०७८

कोसी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाँछी  क्षेत्रको जङ्गलमा २ वटा झोला भित्र फेला परेको शवको सनाखत भएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा संलग्न पनि पक्राउ परिसकेका छन् । 


घटनाबारे विस्तृत जानकारी गराउन इलाका प्रहरी कार्यालय धरानले आजै(मङ्गलवार) पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । सङ्घीय प्रहरी कार्यालयका एसपी भीम दाहालले भने, ‘केस सल्भ भइसक्यो । सनाखत भएर मान्छे पनि पक्राउ परिसकेको छ । पारिवारिक लगायत कारणले हत्या भएको देखिन्छ ।’ 


इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले पनि उक्त घटनाबारे पत्रकार सम्मेलन गर्ने सम्भावना रहेको बताए । उनले भने, पत्रकार सम्मेलन हुने सम्भावना छ, हामी तपाईँहरूलाई खबर गर्छौ र डिटेल दिन्छौ । गएको बुधवार र बिहीबार धरान ४ को आपगाँछी क्षेत्र जङ्गलमा २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरू काटेर फालेको अवस्थामा भेटिएको थियो ।


उक्त घटनामा सङ्घीय प्रहरी इकाई कार्यालय, इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको थियो । शवको सनाखत हुन नसक्दा प्रहरीले स्केचसमेत तयार गरेर सार्वजनिक गरेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP