फेसबुकले आफ्नो प्लेटफर्मबाट जब्स फिचर हटाउने भएको छ । कम्पनीले भोलि (फेब्रुअरी २२) देखि यो फिचर हटाउन लागेको हो । उक्त फिचरको मद्दतमा प्रयोगकर्ताहरूले आफ्नो अकाउन्टबाटै जागिर खोज्ने, पाउने, जागिरको लागि आह्वान गर्न सक्थे । यसो हुँदा कर्मचारी खोज्ने कम्पनीहरू र जागिर खोज्ने व्यक्तिहरूको लागि सहज हुन्थ्यो । तर मङ्गलवार देखी यो फिचर उपलब्ध नहुने फेसबुकले जनाएको छ । रिपोर्टहरू अनुसार कतिपय फेसबुक प्रयोगकर्ताको फेसबुक अकाउन्टबाट यो फिचर केही समय अघि नै हटिसकेको थियो । कम्पनीले सन् २०२१ को अन्त्य तिरै जब्स फिचर हटाउनेबारे घोषणा गरेको थियो । फेसबुकमा अनुसार अहिले जब्स भएको ठाउँमा प्रयोगकर्ताले जेनेरल भन्ने विकल्प पाउनेछन् । जब्स फिचर सबै देशमा हट्ने भए पनि अमेरिका र क्यानेडामा उक्त फिचर यथावत् हुने बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP