एमसीसी पास भए आफ्नै मृत्यु पत्रमा हस्ताक्षर गरे सरह-नेकपा अध्यक्ष लोकनारायण

फाल्गुन ९, २०७८

नेपाल कम्युनिस्ट पार्टीले एमसीसी पास भए आफ्नै मृत्यु पत्रमा हस्ताक्षर गरे सरह हुने बताएका छन् । सोमवार पार्टीका कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीले प्रेस वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । ‘प्रतिनिधि सभामा यो सम्झौता टेबुल गरिनु सार्वभौमसत्ता सम्पन्न संसद् र सांसदहरूको पनि घोर अपमान हो,’ वक्तव्यमा भनिएको छ, ‘अझ यसलाई  सांसदबाट पारित गरिए आफ्नै मृत्यु पत्रमा हस्ताक्षर गरे सरह हुने नेपाल कम्युनिस्ट पार्टीको स्पष्ट दृष्टिकोण छ ।’ 


‘यो सांसदले राष्ट्रघाती र जनघाती कुनै पनि सम्झौताका बुँदाहरूलाई किमार्थ संशोधन गर्न सक्दैन,’ वक्तव्यमा भनिएको छ, ‘त्यसैले, यो नेपाल र नेपाली जनताको भाग्य र भविष्यमाथि ठाडै खेलबाड गर्ने र अमेरिकी स्वार्थको हित गर्ने यो सम्झौता खारेज गराउन नेपाली जनता एकताबद्ध भएर राष्ट्रव्यापी संयुक्त आन्दोलनमा उत्रन नेपाल कम्युनिस्ट पार्टी जोडदार आह्वान गर्दछ ।’

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP