वीरगन्ज नाकाबाट माग मसान्त सम्ममा १ खर्ब २१ अर्ब बढी राजस्व सङ्कलन  

फाल्गुन ९, २०७८

नेपालको प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातमा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजस्व सङ्कलनमा देखिएको छ । कोरोना सङ्क्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिएपछि यसको सकारात्मक प्रभाव उक्त कार्यालयको राजस्व सङ्कलनमा देखिएको हो । वीरगन्ज नाकाबाट विभिन्न बस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको ७ महिनामा ८८ अर्ब ५० करोड ४८ लाख राजस्व सङ्कलन भएकामा चालु आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख  राजस्व सङ्कलन भएको हो । गत वर्षको तुलनामा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP