२४ वर्षीय राजकुमार चेपाङ सहितको टोली घुँगी खोज्ने क्रममा चितवन राष्ट्रिय निकुञ्जको लिगलिगो पोस्ट नजिकैको ज्यूडी खोलामा गएको थियो । त्यस क्रममा सैनिक टोलीले उनी लगायतलाई नियन्त्रणमा लिएर ब्यारेकमा ल्याई कुटपिट गरेका थिए । कुटपिटपछि गम्भीर घाइते भएका राजकुमारको ८ दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो ।
उनका बाबु विष्णुलाल चेपाङले ६ सैनिकले आफ्नो छोरालाई कुटपिट गरेको भनी जाहेरी दिएका थिए । उच्च अदालत पाटनको हेटौँडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जङ्गलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कुटपिट गर्ने एक सैनिकलाई जन्मकैदको फैसला सुनाएको छ । जन्मकैदको सजाय २५ वर्षको हुन्छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP