“गुराँसको राजधानी” मा १५ हजारभन्दा बढी रुख काटीदैँ

फाल्गुन ९, २०७८

राष्ट्रिय आयोजना कोसी करिडोर २ सय २० केभीए विद्युत प्रसारण लाइन विस्तार गरीदँै छ । तेह्रथुम र ताप्लेजुङका सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रका २५ हजार बडी रूख कटान गर्न लागिएको हो ।


ताप्लेजुङको तमोर तथा मेवाखोला क्षेत्रमा उत्पादन भएको र हुने १ हजार मेगावाट क्षमताको विद्युत् वसन्तपुरको टुटे सब स्टेसन हुँदै सुनसरीको इनरुवामा रहेको सब स्टेसनमा लगेर जोडिने आयोजनाका साइट इन्जार्च सोमप्रसाद पौडेलले बताए ।

गुराँसको राजधानी तेह्रथुममा मात्र तार तान्दा र पोल गाढ्दा तेह्रथुमका मात्र ६ वटा सामुदायिक र केही राष्ट्रिय वनका १५ हजार बढी गुँरास सहीत अन्य प्रजातिका रूख कटान हुने आयोजनाले जनाएको छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने टीएमजे क्षेत्रका सामुदायिक वनमा करिडोरको प्रसारण लाइन निर्माण गर्दा मात्रै करिब गुँरास सहीत १५ हजारभन्दा बढी रूख काट्ने आयोजनाको प्रारम्भिक तयारी छ । करिडोरको प्रसारण लाइन निर्माण गर्दा टीएमजे क्षेत्रका सामुदायिक वनमा मात्रै करिब १५ हजारभन्दा बढी रूख काट्ने आयोजनाको प्रारम्भिक तयारी छ ।


तेह्रथुमका डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठका अनुसार मन्त्रिपरिषद्बाट रूख कटान स्वीकृत भएर फिल्डमा काम पनि सुरु भइसकेको हो।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP