सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

फाल्गुन ९, २०७८

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा एम्बुलेन्सको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा-५ की ३० बर्सिया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । निर्मला भोक्राहा नरसिंह स्वास्थ्य चौकीकी कर्मचारी पनि हुन् ।


पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ झ ००२८ नम्बर भएको एम्बुलेन्सले प्रदेश ०१-०२-०४१ प २१५५ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स चालक सप्तरी विषनपुर-५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP