दुर्घटना: बस सडकबाट ६० फिट तल खस्यो, ६ जना यात्रु गम्भीर घाइते

फाल्गुन ८, २०७८

नुवाकोटको किस्पाङ गाउँपालिका–३ किर्नेबेगरमा बस दुर्घटना भएको छ । बसमा सवारमध्ये ६ जना यात्रु गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भई थप उपचारको लागि काठमाडौँ पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी रूपक खड्काले जानकारी दिए । घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । 
वाग्मती प्रदेश ३०१००६ ख १५४१ नम्बरको यात्रुवाहक बस किस्पाङ १ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बस सडकबाट करिब ६० फिट तल खसेको थियो । घाइतेको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जबरजंगगणका सेना, स्थानीयवासी खटिएका थिए । बसमा कति सवार थिए भन्ने यकिन जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP