जनता माविको प्राङ्गणमा अन्तर क्याम्पस/कलेज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

दिप खबर
फाल्गुन ८, २०७८

फाल्गुन ७ गते (हिजो) सुनसरीको जनता माविको प्राङ्गणमा क्याम्पस/कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ । एकीकृत सरकारी कर्मचारी संगठन, जिल्ला कार्यसमिति सुनसरीद्धारा आयोजीत यस कार्यक्रममा मुख्य अतिथिको रूपमा एक नं. प्रदेशका यातायात सुधार तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरे उपस्थित रहेका थिए । 


उक्त कार्यक्रममा सुनसरी बाट जम्मा ७ वटा क्याम्पसहरू सहभागी भएका थिए । उपस्थित क्याम्पसहरू मध्ये महेन्द्र बहुमुखी क्याम्पस धरान प्रथम हुन सफल भएको थियो । त्यस्तै काशी सेन्ट जेम्स कलेज इटहरी द्वितीय र केन्द्रीय प्रविधि क्याम्पस धरान तृतीय हुन सफल भएका थिए ।  प्रथम हुने क्याम्पस लाई रु.१८,०००, द्वितीय हुनेलाई रु.१२,००० र तृतीय हुनेलाई रु.६,००० रकम प्रदान गरिएको थियो ।राष्ट्रिय जनसहयोग कलेज, जनता बहुमुखी क्याम्पस, पूर्वाञ्चल क्याम्पस र कस्तुरी क्याम्पसहरू विजेता हुन सकेका थिएनन् । उपस्थित हुने सबै क्याम्पसलाई प्रमाणपत्र सहित खादा र अबिर लगाएर सान्त्वना प्रदान गरिएको थियो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP