३३ लाख रुपैयाँ ठगी गरेर फरार भएका दुई जना मध्ये एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
इटहरी–१२ बस्ने भरत चौधरी र इटहरी २० बस्ने मन्दु भन्ने जस बहादुर लिम्बुले इटहरी–१२ खनार बस्ने तारा कार्की पुरीबाट ३३ लाख ठगी गरी फरार रहेका थिए ।
कार्कीका श्रीमान् सुरेन्द्र पुरी र देवर बालकृष्ण पुरी कर्तव्य ज्यान मुद्दामा तेह्रथुम कारागारमा भएका बेला थुनुवा मुक्त गराई दिने भन्दै उनीहरूले प्रहरी र न्यायधिससंग राम्रो सम्बन्ध छ भन्दै ठगी गरेका थिए ।
दुई जना मध्ये मन्दु भन्ने जसबहादुर लिम्बुलाई फाल्गुण ३ गते सुनसरी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका लिम्बुलाई सोही दिन म्याद थप गरी ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP