आज (आइतबार) दिउँसो १ बजे गठबन्धनले संसद्मा एमसिसी टेबल गर्ने निर्णय

फाल्गुन ८, २०७८

सत्ता गठबन्धनको बैठकले संसद्मा एमसिसी टेबल गर्ने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेसँगै बैठक सकिएको छ । अबको केही बेरमा कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ । उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुनेछ । 


बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सञ्चार तथा सूचना प्रविधि एवं सरकार प्रवक्ता  ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभागी भएका हुन । लामो वादविवादपछि अन्त्यमा गठबन्धनले संसद्मा एमसिसी टेबल गर्ने निर्णय गरेको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP