बेरोजगार व्यक्तिका लागी श्रम मन्त्रालयले खुलायो आवेदन  

फाल्गुन ८, २०७८

सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार जारी गरेको सूचनामा बेरोजगार भएकाहरूलाई फागुन महिनाभित्रमा २०७९–०८० का लागि निवेदन अनुरोध गरेको छ । 


रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरूले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ । त्यस्ता आवेदकलाई कम्तीमा १०० दिनको रोजगारी प्रदान गरिनेछ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP