आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती सहित दुई जनालाई जन्मकैदको फैसला

दिप खबर
फाल्गुन ६, २०७८

विराटनगरका औषधी व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्यामा सम्लग्नलाई जन्मकैदको सजाय सुनाइएको छ ।

विराटनगर–१० मधुमारामा औषधि व्यवसायी दुलालको हत्यामा सम्लग्न आफ्नै श्रीमतीसहित दुई जनालाई जिल्ला अदालत मोरङले जन्मकैद फैसला सुनाएको हो ।

सुनसरीको इटहरी–१२ खनार घर भएका दुलालको सुतेकै ठाउँमा २०७७ साल जेठ ४ गते राति हत्या गरिएको थियो । उनले देवी माँ पाथीभरा फर्मा औषधिको डिलर सञ्चालन गर्दै आएका थिए ।

न्यायाधीश मनोज केसीको इजलासले दुलालको पत्नी मीना श्रेष्ठ र उनका प्रेमी २१ वर्षीय ब्रह्मदेव साहलाई जन्मकैदको फैसला गरेको हो ।

दुलाल र मीनाले ११ वर्षअघि प्रेम विवाह गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP