प्रतिनिधिसभाको शुक्रवार को बैठक ११ मिनेटमै स्थगित

फाल्गुन ६, २०७८

प्रतिनिधिसभाको शुक्रवार को बैठक छोटो समय बसेर सकिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बैठकमा अवरोध कायमै राख्यो । आजको बैठक १० मिनेट २१ सेकेन्ड मात्रै सञ्चालन गरियो । आजको लागि एउटा मात्रै कार्यसूची तय गरिएको थियो । बैठकमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पेस भयो ।

 
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन प्रस्तुत गरे । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ८ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP