अफ्रिकाको राजधानी लिलोङ्वेमा वाइल्ड पोलियो का केसहरू पुनः देखिएको छ । राजधानी लिलोङ्वेमा एक बालकमा वाइल्ड पोलियो को केस देखा परेसँगै त्यहाँको स्वास्थ्य अधिकारीहरूले पोलियो ए टाइप भाइरस प्रकोपको घोषणा गरेका छन् ।
पोलियो केसहरू संसारको कुनै पनि ठाउँमा रहेसम्म यसले सबै देशमा सङ्क्रमण फैलाउन सक्ने जोखिम रहने भएकाले सबैलाई सचेत रहन विशेषज्ञहरूले चेतावनी दिएका छन् । अफ्रिकी देशमा ५ वर्षको अन्तराल पछि सो पोलियो का सङ्क्रमण पुनः देखिएको हो ।
हाल पोलियो पाकिस्तान तथा अफगानिस्तानका केही प्रान्तमा कायमै रहेको पाइएको छ । दूषित खाना तथा पानीको माध्यमबाट बालबालिकामा पोलियो भाइरस सर्ने गर्दछ । पोलियो रोगका कारण यसले बालबालिकाको स्नायु प्रणालीमा असर गर्दछ भने यसले २४ घण्टामा बालबालिकालाई पक्षाघातमा समेत पुर्याउन सक्छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP