दिल्लीबाट ७० दिन बस चढेर लन्डन पुगिने, कति छन् सेवासुबिधा र कति लाग्छ भाडा ?

फाल्गुन ६, २०७८

भारतीय ट्राभल कम्पनी एड्भेन्चर ओभरल्यान्डले २० हजार किलोमिटर लामो बस यात्रा सञ्चालन गर्दै छ । कम्पनीले भारतको दिल्लीदेखि बेलायतको लन्डनसम्म चल्ने संसारकै लामो बस यात्रा सञ्चालन गर्ने भएको हो ।

भारतीय मिडियाहरूका अनुसार दिल्लीदेखि लन्डनसम्मको बस यात्रा ७० दिन सम्मको हुनेछ । यो बस म्यानमार, थाइल्यान्ड, लाओस्, चीन, किर्गिस्तान, उज्बेकिस्तान, काजकिस्तान, रुस, लाटभिया, लिथुआनिया, पोल्यान्ड, चेक रिपब्लिक, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम र फ्रान्स हुँदै बेलायत पुग्दा १८ देशको सडकमा गुड्ने बताइएको छ ।

 
दिल्लीदेखि लन्डनसम्म चल्ने बसको अवधारणा एड्भेन्चर ओवरल्यान्डका सह-सञ्चालक सञ्जय मदन र तुसार अग्रवालले ल्याएका हुन् । एड्भेन्चर ओभरल्यान्डले सञ्चालन गरेको संसारको सबैभन्दा लामो यो बस यात्रा सन् २०२२ को सेप्टेम्बरदेखि सुरु हुने बताइएको छ । दिल्लीबाट लन्डनसम्म चल्ने बसमा जम्मा २० जना यात्रु राखिनेछ । उनीहरूका लागि यो बसमा वाई-फाई, बिजनेस क्लास सिटहरू, युएसबी पोर्ट, विद्युतीय प्लगहरू लगायत विशेषताहरू समावेश गरिने बताइएको छ ।


प्रत्येक यात्रीले यस बसमा यात्राको लागि भारु १५ लाख (नेपाली २४ लाख रुपैयाँ) भाडा तिर्नुपर्ने बताइएको छ । यसैमा गाडीको टिकट, भिसा, बस्ने,खानेको सुविधालगायत सेवाहरू समावेश गरिएको एड्भेन्चर ओभरल्यान्डले सञ्चालकले बताएका छन् ।


सन् १९५० देखि १९७० दशकमा कलकत्तादेखि लन्डन सम्म ४५ दिनको बस यात्रा सञ्चालन थियो । तर बस दुर्घटनामा परेपछि उक्त सेवा बन्द गरिएको बताइएको छ । 

श्रोत सेतो पाटी

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP