पाल्पामा करेन्ट लागेर एकै घरका दुई जना दाजुभाइको मृत्यु 

फाल्गुन ६, २०७८

पाल्पाको तिनाउ गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । 


स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP