नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९६ हजार ५०० रुपैयाँ कायम भएको हो । गत बिहीबार सुनको भाउ तोलामा १ हजारले बढेर ९६ हजार १ सय पुगेको थियो । त्यसै गरी, तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ कायम गरिएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP