माओवादी केन्द्रका भ्रातृ सङ्गठनले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आज (शुक्रवार) मध्यान्ह १२ बजे प्रदर्शन गर्ने लागेका हुन् । माओवादी केन्द्रका भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) र अनेरास्ववियु (क्रान्तिकारी)ले नयाँ बानेश्वरमा प्रदर्शन गर्ने लागेका हुन् ।
वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले एमसिसी विरुद्ध आज १२ बजे नयाँ बानेश्वरको एभरेस्ट होटेल अगाडि प्रदर्शन गरिने बताए । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउन सत्ताको नेतृत्वकर्ता काँग्रेसले जोड गरिरहेका बेला माओवादी केन्द्रका भ्रातृ संस्था आन्दोलनमा उत्रिएका छन् ।
बुधवार बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी टेबल गरिए सरकार छोड्ने निर्णय गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP