किर्तीपुरमा दुई छोराहरूले प्रेशर कुकर र लोहोरोले हिर्काएर बुवाको हत्या

फाल्गुन ६, २०७८

बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुइभाई छोरालाई पक्राउ गरेको छ । बिहीबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनको दुई छोराले हत्या गरेको प्रहरीले जनाएको छ । दुई छोराहरूले प्रेशर कुकर र लोहोरोले हिर्काएर बुवाको हत्या गरेका थिए । पक्राउ पर्नेमा मृतकका छोराहरू ४५ वर्षय शंकर महर्जन र ४० वर्षीय कृष्ण कृष्ण महर्जन छन् ।


कुटपिटबाट गम्भिर घाइते भएका न्हुच्छे नारायणको उपचारको क्रममा गएराति वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर छोराहरूले बुवालाई मरणासन्न हुनेगरी कुटेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP