धरानमा टुक्राटुक्रा पारेर फालिएको शब पहिचान नभएपछि प्रहरीले सार्वजनिक गर्यो तस्बीर

दिप खबर
फाल्गुन ५, २०७८

बुधबार साँझ सुनसरीको धरान ४ स्थित कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने जंगल क्षेत्रमा जेब्रा झोलाभित्र टाउको र एउटा खुट्टा भेटिएको थियो । प्रहरीले खोजीलाई तिब्र भनाएको थियो । सोही क्रममा बिहिबार बिहान फरक ठाउँमा उनको शरीर भेटिएको छ ।

दुई दिनमा दुई स्थानमा झोलाभित्र प्याक गरेर फालिएको पुरुषको शव भेटिए पनि उनी को हुन् भन्ने पहिचान खुलेको छैन । पहिचान हुन नसकेपछि प्रहरीले नै ती पुरुषको अनुहार प्रष्ट देखिने तस्बिर सार्वजनिक गर्दै सनाखतको लागि सहयोग गर्न अपिल गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

बुधबार धरान भेडेटार सडकको जेठामाने गोलाईबाट ४५ फिट पश्‍चिम तर्फ रहेको खर्दु सामुदायिक वन क्षेत्रमा निलो पँहेलो रंगको जेब्रा झोलामा प्याक गरेको अबस्थामा टाउको र खुट्टा भेटिएको थियो । त्यसपछि धरानका डिएसपी नरेन्द्र कुँवरको नेतृत्वमा डग स्निफिङ सहितको प्रहरी अनुसन्धान टोली र वीपी प्रतिष्ठानको फरेन्सिक बिशेषज्ञ चिकित्सक टोली घटनास्थलमा परिचालन भएको थियो ।
आज बिहिबार विहान साढे १० बजे हिजोको ठाउँभन्दा करिब डेढ किलोमिटर उत्तर धरधरे भन्ने स्थानमा जेव्रा झोलामा प्याक गरेर फालेको अवस्थामा बाँकी शरिरको भाग फेला परेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP