मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले सडक प्रदर्शन गरेको छ । नयाँ बानेश्वरमा विरोध कार्यक्रममा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मूल्यवृद्धिको विरोध गर्ने क्रममा प्रतिकात्मक बिक्रीको भाउ पनि तोकिएको हो । चर्को मूल्यवृद्धि भएको पेट्रोलबाट सुकुटी र बाइक चलाउन नसकिने सङ्केत स्वरूप कवाडीको भाउसहित स्कुटीको २५ रुपैयाँ किलो र मोटरसाइकलको ३० रुपैयाँ किलो भाउ राखिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP