केपी शर्मा ओलीसहित पाँच ठु्ला नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

फाल्गुन ५, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू बागमती प्रदेश कमिटीले बिहीबार अख्तियार केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएको हो । उजुरीमा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिवद्वय योगेश भट्टराई र पदमा अर्याल र नेता भानुभक्त ढकालविरुद्ध भ्रष्टाचार प्रकरणमा छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।  


तत्कालीन प्रधानमन्त्री ओलीले झापामा रहेको गिरिबन्धु टी स्टेटको अर्बौको जग्गाको सट्टापट्टा गर्न पाउने गरी संशोधन गरी  नीतिगत भ्रष्टाचार गरेको र यसमा तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अर्याल पनि संलग्न रहेको भन्दै छानबिन गर्न माग गरिएको छ ।


त्यसै गरी ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई कारबाही गर्न माग गरिएको छ । त्यसै गरी भिजिट नेपाल २०२० का नाममा राज्यकोषको करोडौँ रकम व्यापक हिनामिना गर्ने तत्कालीन पर्यटन मन्त्री भट्टराईमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।


अनेरास्ववियू बागमती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकी, नेता सुदेश पराजुली लगायत अख्तियार केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP