प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता 

फाल्गुन ५, २०७८

अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयले अमेरिकासँगको सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ । बुधवार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो । देउवालाई भेट्न राजदूत बेरी करिब ६ बजे बालुवाटार पुगेका थिए । 


अमेरिकाले अब एमसीसीको समय बढाउन नसकिने गरी समयसीमा दिएकाले त्यो समयसीमामा पुनर्विचारको गुन्जायस छ कि छैन भन्ने विषयमा पनि देउवाले राजदूतसँग जिज्ञासा राखेको बालुवाटार स्रोतले जनाएको छ ।


राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच यो विषयमा बालुवाटारमा कुराकानी भएको छ ।


एमसीसी सम्झौता संसद्मा टेबल गर्ने विषयमै सहमति खोज्न गठबन्धनको बैठक पनि बिहीबार बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बिहान दाहालसँग छलफलपछि प्रधानमन्त्री देउवाले साँझ ५ बजेका लागि सारेका छन् । 

श्रोत ईकान्तीपुर……

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP